मुस्लिम आयोगका अध्यक्ष समीम मियाँविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । मुस्लिम आयोगको अध्यक्षमा नाम सिफारीस भएदेखी नै विवादमा आएका समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । नागरिकता र शैक्षिक प्रमाणपत्र छानविन हुनुपर्ने माग सहित मस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको हो।

कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइ अन्सारीलाई आयोगको अध्यक्ष पदमा काम नगर्न नगराउन आदेशको माग सहित रिट दिएका छन् ।

अध्यक्ष अन्सारीलाई यसअघि संवैधानिक परिषद्को बैठकले गत फागुन ६ गते मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो ।

रिट निवदेनमा अन्सारीलाई सो आयोगको अध्यक्ष बनाउनु संविधान र कानून विपरीत भएको उल्लेख छ । अन्सारीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथसमेत लिइसकेका छन् ।

यसअघि संसदीय सुनुवाइ समितिले लामो समय सम्म पनि अन्सारीको विषयमा टुंगो नलगाएपछि सपथ दिइएको बताइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार