दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प


दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ५५ मिनेट जाँदा जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार