काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक सोमबार अपराह्न पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने काङ्ग्रेसले जनाएको छ ।
राष्ट्रिय राजनीति र आफुहरुले प्रमुख प्रतिपक्षीको हैसियतमा संसदमा खेलिरहेको भुमिकाका बिषयमा शिर्ष नेताहरुबीच छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिईन । सचेतक भुषालका अनुसार बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल समेत गम्भिररुपमा छलफल हुनेछ ।