विप्लव समूहसँग वार्ताको कुनै सम्भावना छैन– रक्षामन्त्री

विराटनगर । रक्षामन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग तत्कालको अवस्थामा वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् ।
समाजमा अशान्ती फैलाउने, मान्छे मार्ने, बम पड्काउने गतिविधी विप्लव समूहले जारि राखेकै अवस्थामा सरकारले वार्ता गर्न नसक्ने उनको प्रष्ट पारे ।
सोमबार विराटनगर बिमास्थलमा रक्षमन्त्री पोखरेलले भने, “विप्लव समुहले हतियार विसाएको छैन, जबसम्म हतियार बिसाउदैन तबसम्म वार्ताको कुनै सम्भावना छैन । हतियार बिसाए सरकार वार्ताका लागि तयार छ ।”

देशमा अशान्ती मच्चाउने, अराजक गतिविधी गर्ने, बम पड्काउनेहरुलाई मात्रै सरकारले निषेध गरेको प्रष्ट पार्दै रक्षामन्त्री पोखरेलले भने, ‘कुनै राजनीतिक पार्टी वा दललाई सरकारले निषेध गरेको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार