काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव दिनेशकुमार थपलियालाई संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ ।
सोमबार बसेको परिषद्को बैठकले सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
आयोगका निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन ।
बैठकले समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।