काठमाडौ । ग्यास सिलिण्डर पड्किएर सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पा रहेका छन् ।
मृतक दुबै जना भोटेकोशी गाउँपालिकामा निर्माणाधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनामा काम गर्ने मज्दुर रहेको बताइएको छ । खाने पकाउने भान्सामा राखिएको ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।