‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं’


चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले भ्रष्टाचारबारे भइरहेका अनुसन्धानमा सरकारको कुनै हस्तक्षेप नभएको बताएका छन् । चितवनको भरतपुरमा पत्रकारहरुसंग भेटघाटमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारबारे भइरहेका अनुसन्धानमा सरकारको कुनै पनि हस्तक्षेप नभएको बताउका हुन् ।

भ्रष्टाचारका बिषयमा प्रहरीलाई अध्यन, अनुसन्धानका लागि कुनै दवाब नदिई स्वतन्त्र रुपमा काम गर्न दिइएको उनको भनाई छ । तथ्य र प्रमाणका आधारमा जो कोही दोषी पाईएमा कानुन वमोजिम कारवाही हुने गृहमन्त्री श्रेष्ठले बताए । निर्दोष नफसोस र दोषी नउम्कियोस भन्नेमा सरकार प्रष्ट रहेको उनले बताए ।

गृहमन्त्री श्रेष्ठले आफुहरुले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेर भन्ने नगरेको पनि प्रष्ट पारे ।
उनले मिटरव्याज पीडितलाई न्याय दिनका लागि त्यसबारे बनेको विधेयकलाई फेरि संसदमा लगेर छिटो भन्दा छिटो पारित गराई दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउने बताए ।

भ्रष्टाचारविरुद्ध प्रचण्ड नेतृत्वको सरकारले कडा कदम चाल्दा पूर्वगृहमन्त्री, मन्त्री, सरकारका सचिव लगायत जेल गएको भन्दै सरकारको प्रशंसा समेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार