
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालमा ८ हजार ४ सय ३२ जनामा गरिएको परीक्षणमा ३ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय ४० जना निको भएर घर फर्किएका मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।











