रास्वपाले गर्यो बझाङ जिल्ला संयोजक खड्कालाई निलम्बन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्काले पत्रकारमाथि हातपात गरेको समाचार बाहिरिएपछि रास्वपाले उनलाई पार्टी सदस्यताबाट निलम्बन गरिएको हो ।

रास्वपाका महामन्त्री मुकुल ढकालले अहिलेलाई पार्टी सदस्य नरहने गरि निलम्बन गरिएको र नुशासन समितिले थप अनुसन्धान गरिरहेको बताएका छन् । जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो ।

उनले पत्रकारलाई हातपात गरेको समाचार समेत बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार