विमानस्थल पुगेर गृहमन्त्रीले भनेः ‘सुन तस्करको जरासम्मै पुग्छौं, दोषीलाई छोडिन्न्’

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करहरुको जरासम्मै पुग्ने बताएका छन् । आज दिउँसो आकस्मिक रूपमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्त कुँवरसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर गृहमन्त्री श्रेष्ठले सुन तस्करको जरासम्मै पुग्ने बताएका हुन्।

विमानस्थलको भन्सारबाट पास भएको झण्डै एक क्यिन्टल सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने समेत उनले बताए।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करमा जोसुकै भए पनि कडा कारबाहीको प्रक्रिया अघि बढाउँन निर्देशन दिएको भन्दै गृहमन्त्री श्रेष्ठले अनुसंन्धान कडाईका साथ गरिने बताए ।

अनुसंन्धानको सुई जता घुम्छ त्यता अनुसंन्धान गरिने र त्यस क्रममा जो कोहि परे पनि आफुलाई मतलब नहुने उनको भनाइृ छ ।
अनुगमनमा गृहमन्त्रीसँगै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि थिए ।

विमानस्थलबाट बुधवार साँझ भन्सार पास भएर जाँदै ट्याक्सीबाट झण्डै एक सय किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट फत्राउ गरेको थियो । असार ३० गते मा हङकङकबाट क्याथे प्यासेफिकको उडान मार्फत काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट खुल्न आएको छ ।

तस्करहरुले सुनलाई मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ लुकाएर ल्याएका थिए । सुन तस्करीमा संलग्न भन्दै अहिलेसम्म एक चिनियाँ नागरिकसहित १० जना पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार