नेपाली कांग्रेसका नेता सिटौला चार दिनपछि डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला  डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार ह्याम्स अस्पताल भर्ना भएका सिटालौं मंगलबार डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य परीक्षणमा हेमोग्लोबिनको कमी र न्यून रक्तचाप रहेको पाइएपछि चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

चार दिन लामो उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ । स्वास्थ्यमा कुनै जटिल समस्या नभएकाले उनलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार