
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका छन् ।
उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले काठमाडौंको जोरपाटीस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार पक्राउ परेका श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेको आरोप छ। ललिता निवास प्रकरणमा हालसम्म पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत १९ जना पक्राउ भइसकेका छन् ।












