काठमाडौं । प्राकृति प्रकोप आँधी र बाढीका कारण दक्षिण अफ्रिकाका पाँच लाख भन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।
आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीका कारण झण्डै सात सय भन्दा बढी मानिसको ज्यान गएको छ भने थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ ।
आँधीबाट प्रभावित भएका मध्ये झण्डै तीन हजार १२५ बर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी परिरहेको अधिकारीहरुले बताएका छन् ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)द्वारा जारी वक्तव्यको पछिल्लो विवरण अनुसार आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका छन् ।
यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भिषण आँधी आएको थियो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरुले बताएका छन् ।
सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराइरहेका छन् ।