गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु


कैलाली । कैललाीमा गर्भपतन गराउने औषधि खाँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको रहेको प्रहरीले जनाएको छ ।

धनगढीमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी थापाको उनको अत्यधिक रक्तश्राव भएर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

थापाले हिजो बिहान क्लिनिकबाट गर्भपतन गराउने औषधि लगेर खाएकी थिइन् ।
औषधि खाएपछि अत्याधिक रक्तश्राव भएर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो । त्याहा उनको उनको उपचारका क्रममा त्यु भएको जिप्रका कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए।

घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरिसकेको डीएसपी चन्दले बताए। मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएर मृत्यु भएकाले कारवाही हुुनु पर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार