टिकापुर घटनाका बिषयमा प्रधानमन्त्रीले भनेः लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमै छु


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले कैलालीको टिकापुर घटनाका बिषयमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् । आज १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमउनलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका हुन् ।

२०७२ सालमा मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका आन्दोलनमा सरकारका तर्फबाट भएका बलप्रयोग र ज्यादतीका विषयमा अध्ययन गर्न गठित तत्कालिन न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले छानविन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो छ। उक्त प्रतिवेदन अहिलेसम्म सरकारले सार्वजनिक नगर्दा पीडितले न्याय पाएका छैनन् ।

टिकापुर घटनामा राज्यबाट थारु समुदायमाथि चरम दमन र ज्यादती भएको भन्दै दोषीलाई कारवाही गर्न लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग हुँदै आएको छ । टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएर हालै आमा पाएर रिहा भएका रेशम चौधरीले समेत सरकारले प्रतिवेदन सार्वजनिक गर्नु पर्ने बताउँदै आएका छन् । त्यस्तै घटनामा मारिएका सुरक्षाकर्मीका परिवारजनले पनि आफुहरुले न्याय नपाएको गुनासो गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार