काठमाडौं । नेपाली चलचित्र ‘ऐंचो पैंचो’ को ‘ग्राण्ड प्रिमियर सो’ मा पूर्वमन्त्रिदेखि सांसदहरुको सहभागिताले कलाकार उत्साहित भएका छन् । बुधबार काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा प्रर्दशन गरिएको ऐंचो पैंचोको ग्राण्ड प्रिमियर सोमा पूर्वमन्त्रिदेखि सांसदहरुको सहभागिताले कलाकार उत्साहित भएका हुन् ।
प्रिमियर सोमा सहभागी पूर्वमन्त्रि एवम् सांसद रघुजी पन्त, कर्ण थापा, प्रेम आले, सोविता गौतम, ज्ञानेन्द्र शाही लगायतले चलचित्र ऐंचो पैंचोले नेपाली राजनीति र जनताका सवालमा केन्द्रित रहेर सकारात्मक सन्देश दिन खोजेको बताएका छन् ।
उनिहरुले यस्ता चलचित्रले राजनीतिलाई जिम्मेवार र विकृतीरहित बनाउन नेताहरुलाई झक्झक्याउने समेत बताएका छन् ।
प्रिमियर सोमा सहभागि दर्शकहरुले चलचित्र ऐंचो पैंचोले समग्र देशको अवस्था चित्रण गरेको प्रतिकृया दिएका छन् ।
चलचित्र ऐंचो पैंचोले भ्रष्टाचार, अनिमियता, वैदेशिक रोजगारीमा जाने कामदारले भोगेको पीडा, समस्या लगायत बिषय उठान गरेको छ ।
कृषा चौंलागाईंको पहिलो निर्देशनमा बनेको चलचित्र ऐंचो पैंचोमा कलाकार स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतको अभिनय रहेको छ ।
केपी फिलिम्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्मातामा प्रितम लामिछाने र आध्या लामिछाने छन् भने सहनिर्माता विशाल चौलागाई रहेका छन् । अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्र ऐंचो पैंचो बिहीबारदेखि देशभर प्रर्दशन भइरहेको छ ।