प्रतिनिधिसभाबाट स्वीकृत भयो, केही नेपाल ऐन संशोधन गर्न बनेको प्रस्तावित विधेयक २०८०


काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।

लगत्तै नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरे । सांसदको संख्या गन्दा संसदमा ८३ सांसद उपस्थित भएको पुष्टि भयो ।

गणपूरक संख्याका लागि ६९ सांसद आवश्यक रहेको र त्यो संख्या पुगेको भन्दै सभामुखले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सभामुखले बिचार गरियोस् भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि ‘हुन्न’ भनेनन् ।

हुन्न भन्ने आवाज नसुनिएको उल्लेख गर्दै सभामुख घिमिरेले प्रस्तुत प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको घोषणा गरे । यसअघि यही भदौ १२ गते बसेको बैठकमा गणपुरक संख्या नपुगेका कारण यो विधेयक अगाडि बढ्न सकेको थिएन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार