फरार पुर्बएसपी डिल्लीराज विष्ट अदालतमा हाजिर, थुनचेक वहश सुरु

कंचनपुर । कंचनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा यातना र प्रमाण नष्ट गरेको अभियोगमा मुद्धा चलाइएका फरार पुर्ब एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका छन् ।

मंगलबार जिल्ला अदालतमा हाजिर भएका बिष्टसंग घटनाबारे थुनचेक वहश सुरु भएको अदालतका रजिष्टार हरिकृष्ण अवस्थीले जानकारी दिए। विष्टको आज बयान सकिएमा आजै थुनछेक बहस हुने र नसकिए भोली थुनछेक बहस सुरु हुने अवस्थीले बताए ।

पुर्बएसपी विष्ट र डिएसपी अंगुर जिसीलाई अदालतले ३५ दिन भित्र हाजिर हुन पत्र काटेको थियो। यस अघि बिष्टसंगै मुद्धा चलाइएका अन्य ६ जना प्रहरीलाई भने अदालतले गत बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ६ जनाबाट ३१ लाख धरौटी बुझ्दै अदालतले उनिहरुलाई थुनामुक्त गरेको थियो ।

१३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्दा पुर्बएसपी बिष्ट लगायत आठ जना प्रहरीले निर्दोषलाई ‘यातना र सार्वजनिक न्याय बिरुद्धको कसुर गरेको भन्दै निर्मलाकी आमा दुर्गा र घटनाका निर्दोष दिलिपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा तत्कालिन एसपी डिल्ली राज विष्टसहित आठ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार