काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह विश्वका एक सय उदयीमान नेताहरुको सूचीमा पर्न सफल भएकाछन् । टाइम म्यागेजिनले मेयर शाहलाई सन् २०२३ मा विश्ववका एक सय उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको हो । उक्त म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा युवा नेता भन्दै नेपालबाट मेयर शाहको नाम पनि समावेश गरेको छ ।
म्यागेजिनले स्वतन्त्र उमेदवार बनेर ३३ वर्षीय बालेनले सामाजिकसंजाल टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट मेयरको चुनाव जितेको समेत उल्लेख गरेको छ ।
बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उक्त म्यागेजिनले उल्लेख गरेको छ । बालेनले काठमाडौ शहरका अवैध संरचना हटाउदै फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याएको पनि टाइम म्यागेजिनमा उल्लेख छ ।