काठमाडौं । नेकपा माओवादी केन्द्रले बहुविवाह गरेको भन्दै आफ्ना नेतामाथि कावाृही गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई बहुविवाह गरेको भन्दै निलम्बनके कार्वाही गरेको हो।
चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा माओवादीले ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ । चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् । गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले मातहतका कमिटीलाई कार्वाहीका लागि सर्कुलर गरेको थियो ।