काठमाडौं । नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका महासचिव काजीमान थिङ तामाङले पदबाट राजीनामा दिएका छन् ।
तामाङ र मगर समुदायको विवाहलाई लिएर विवादीत अभिब्यक्ति दिने अधिवक्ता भगवती पाण्डेले माफी माग्ने बिषयमा लिखित पत्र पठाएको स्वीकार गर्दै महासचिव थिङले सोमबार राजीनामा दिएका हुन् । उनले पाण्डे आवद्ध विशेष अदालत बारका अध्यक्षलाई सुझावपुर्ण लिखित पत्र पठाएको स्विकार्दै घेदुङका अध्यक्ष मोहन गोले तामाङलाई राजीनामा पत्र बुझाएका छन् ।
उनको राजीनामा पत्रमा ‘भगवती पाण्डेको गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिको विरुद्ध कारबाहीको माग राख्दै तामाङ र मगर समुदायद्वारा संचालित आन्दोलनको सन्दर्भमा म सँग जोडेर केही सामाजिक सञ्जालहरुमा भ्रामक गम्भीर आरोप लगाएकोले उक्त विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सहज वातावरण निर्माणको निम्ति नैतिक हिसाबले मैले नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको महासचिवको जिम्मेवारीबाट राजीनामा पेस गर्दछु’, उल्लेख छ ।
अधिवक्ता पाण्डेविरुद्ध कारवाहीको माग गर्दै तामाङ र मगर समुदाय आन्दोलित नै छ । पाण्डेविरुद्धको मुद्धा हदालत पुगे पनि त्यसउपर कारवाही नभएको भन्दै पीडितहरुले आक्रोष समेत पोखिरहेका छन् ।
अधिवक्ता पाण्डेकै बिषयलाई लिएर घेदुङ र मगर संघको नेतृत्वमा साउन १७ गते काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा शान्तिपुर्ण धर्ना दिदा भएको प्रहरी दमनबारे पनि कुनै कारवाही नभएको भन्दै उनिहरु आन्दोलित छन् । उक्त प्रहरी दमनबारे गृहमन्त्रालयले गठन गरेको छानविन समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन् ।
महासचिव तामाङको राजीनामा पत्र
यससंग सम्बन्धित भिडियोहरु हेरौं