निषेधित क्षेत्रमा घुस्न खोजेपछि राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौं । राहत शिक्षकको आन्दोलनलाई तितरवितर पारेको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी राख्दै आन्दोलनरत राहत शिक्षकहरुको आज प्रदर्शनका क्रममा नयाँ बानेश्वरसिथ्त निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै तितरवितर पारेको हो ।

शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरको सडकको मुख्य सडकमा आवतजावत प्रभावित गरेर गाडीहरु चल्न दिएका थिएनन् । उनिहरुको आन्दोलनका कारण नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर लगायतको क्षेत्रमा सवारी जाम भएर आवागमनमा समस्या उत्पन्न भएको छ ।

नेपाल शिक्षक महासंघको अगुवाईमा विधेयकको विरोध गर्दै देशभरीबाट काठमाडौमा उत्रिएका शिक्षकहरुसंग सरकारले वार्ता गरेर सहमती गरेपनि राहात शिक्षकहरुले आफ्नो आन्दोलनलाई जारि राखेका छन् । उनिहरुले शिक्षक संघले आफुहरुलाई धोका दिएर माग पुरा नगरेको भन्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार