मुक्तिनाथ तीर्थयात्रामा गएका दुईजना देवघाटमा बेपत्ता


काठमाडौं । कैलालीबाट मुक्तिनाथ तीर्थयात्रामा गएका दुई तीर्थयात्री देवघाटमा बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका १९० जनामध्ये दुई जना चितवनको देवघाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

आज बिहान करिब साढे ७ बजेतिर देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् । अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए ।

लक्ष्मीनारायण मन्दिरले मुक्तिनाथ तीर्थयात्राको संयोजन गरेको थियो। बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

असोज ७ गते धनगढी उपमहानगरपालिकाले १९ वटै वडाका जेष्ठ नागरिकलाई मुक्तिनाथ तिर्थयात्राका लागि पठाएको थियो । अघिल्लो बर्ष पनि उपमहानगरले यसैगरी जेष्ठ नागरिकहरुलाई तिर्थयात्रामा पठाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार