लगानी सम्मेलन सकियो, १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता

काठमाडौं । काठमाडौंमा दुई दिन सम्म संचालन भएको लगानी सम्मेलनमा सरकारले ७७ वटा परियोजना प्रस्तुत गरेको छ । सरकारले प्रस्तुत गरेका मध्ये १६ वटा परियोजनामा विदेशी लगानीकर्ताले आवेदन दिएका छन् ।

परियोजनाको लागि दिवेदन दिने मिति अप्रिल २० सम्म भएपनि अहिले सम्म १७ आवेदन परेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारीले बताएका छन् ।

अहिले परेका निवेदन अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७, ऊर्जामा ४, कृषिमा ३ , शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् ।

त्यसैगरी सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजना ‘सो -केस’मा राखिएको थियो । आवेदन दिने २० अप्रिलसम्म भएकाले यसबारे पछि पनि जानकारी गराइने बार्डले जनाएको छ ।

सम्मेलनमा भएका १५ सम्झौता तथा समझदारी

लगानी सम्मेलनको समापनका क्रममा विभिन्न समुह र गु्रपले १५ सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । उनीहरुले नेपालमा लगानी क्षेत्रको बृद्धिका लागि आफुहरुले काम गर्ने बाचा समेत गरेका छन् ।

चौधरी ग्रुपले चार वटा समझदारी गरेको छ । जसमा टेलिकम, सोलार र लजिस्टिकमा विदेशी कम्पनी भित्र्याउने छन् भने प्रदेश २ सँग सोलार प्लान्ट राख्ने सम्झौता भएको छ ।

यस्तै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धतापत्रमा पनि हस्ताक्षर भएको छ । भारतको स्टेट बैंक अफ एण्डिया र नेपालको एभरेष्ट तथा नविल बैंकले सजतल कम्पनीले ऋण दिने गरी सम्झौता गरेका हुन् ।

यस्तै गैरआवासीय नेपाल संघ -एनआरएनए) ले नेपालको पूर्वाधार विकासमा लगानी गर्न ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ बनाउने सम्झौता भएको छ । यो वर्ष नै गैरआवासीय नेपालीहरुबाट १० अर्ब लगानी जुटाउने एनआरएनएको दाबी छ ।

सिमरा सेज पीपीपी मोडलमा बनाउन लगानी बोर्ड र विश्व बैंक अन्तरगत रहेको अन्तराष्ट्रिय वित्त निगमसँग समझदारी भएको छ भने बनेपामा हिमालय बुटिक, गि्रन वेयर हाउस लगायतको समझदारी पनि भएको छ ।

सम्मेलनको समापन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाललाई आकर्षक लगानी गन्तब्यका रुपमा प्रस्तुत गर्न सफल भएको बताए । नेपालमा आउने लगानीकर्तालाई राम्रो र व्यवसायिक सहजिकरण सरकारले गरिदिने उनले बताए ।

विकासका लागि नेपालका राजनीतिक दलहरुबीच एकता रहेको, लगानीको प्रक्रिया झन्झटरहित र सहज रुपमा अगाडि बढाउन एकद्वार प्रणाली तयार भएको भन्दै उनले विदेशी लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार