किशोरीलाई प्रलोभन देखाएर यौन प्रस्ताव राख्ने एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारमा जाहेरी दर्ता


जुम्ला । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारमा जाहेरी दर्ता भएको छ ।
उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारमा मंगलबार जाहेरी दर्ता भई अनुसन्धान सुरु भएको जिल्ला प्रहरी‌ कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए ।

उनिविरुद्ध १७ वर्षिय पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दर्ता गराएको प्रहरीले बताएको छ ।

शाहीले तातोपानीकी एक किशोरीलाई पढाई खर्च दिने प्रलोभन देखाएर फोनमार्फत अश्लिल फोटो पठाउनका भन्दै यौन प्रस्ताव समेत राखेका थिए । उनको सो फोन संवाद सामाजिक सञ्जालमा भाइरल भएको छ ।

फोनमा रेर्कड अडियोमा शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफैँ बेहोरिदिने र बदलामा किशोरीको समवेदनशील अङ्गको फोटो पठाउनुपर्ने र यौन सम्बन्ध राख्न दिनुपर्ने लगायतको कुरा गरेको सुनिन्छ ‌।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार