काठमाडौं । मुस्लिम-इत्तेहाद संगठन नेपालले केही दिन देखि इजरायल-प्यालेस्टाइनबीच भइरहेको युद्धको घटनामा भएको मानविय र भौतिक क्षति प्रति चिन्ता व्यक्त गरेको छ । संगठनले युद्धका कारण सिंगो विश्व सशंकित बनेको र दुई धुर्वमा विभाजित बन्दै गएको भन्दै विज्ञप्ती मार्फत चिन्ता व्यक्त गरेको हो ।
संगठनका अध्यक्ष ताज मोहम्मद मियाँले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘इजरायल-प्यालेस्टाइन युद्धका कारण हजारौं नागरिकको हत्या भएको, हजारौंको संख्यामा घाइते र लाखौं मानिस बेघरबार बन्नु परेको कारुणिक अवस्था विद्यमान छ । हाम्रो संगठन यो अवस्थाप्रति गम्भीर चिन्त व्यक्त गर्दछ ।’
त्यस्तै संगठनले इजराइले युद्धको घोषणा गरी प्यालेस्टाइनको भूमिमा रहेका अस्पताल तथा मानव बस्तीमा गरेको रकेट आक्रमण गरी ५ सय भन्दा बढी नागरिकको एकै दिन मृत्यु भएको घटनामा पनि दुख व्यक्त गरेको छ । माव सेवा गर्ने एक महत्वपूर्ण स्थान अस्पतालमा आक्रमण गरी अबोध बालबालिका, निर्दोष नागरिक र सेवामा खटिएका स्वास्थ्यकर्मीको नरसंहार गरिनु मानव अधिकारको गम्भिर उलघंन र अक्षम्य अवरोध भएको ठहर समेत गरेको छ ।
संगठनले यो घटनाको नेपाल सरकार तथा राष्ट्र संघ समक्ष घोर भत्सना गर्न जोडदार माग गरेको छ । यसका साथै यो घटनाको तत्काल समाधानका लागि सन् १९४७ मा राष्ट्र संघ समक्ष गरिएको दुई पक्षिय सम्झौताको अक्षरस कार्यान्वयन गर्दै संवादबाट शान्ति स्थापना गर्न सम्बद्ध सबै पक्षसँग संगठनले माग गरेको छ ।
विज्ञप्ती