बारा-पर्सा हावाहुरी अपडेट: अस्पतालमा रगतको अभाव, उपचारमा समस्या

बारा । हावाहुरीमा परी आईते भएकाहरुको उपचारका लागि बारा र पर्साका अस्पतालहरुमा रगतको अभाव देखिएको छ । आइतबार साँझ आएको भिषण हावाहुरीमा घाईते भएकाहरुको उपचारमा आवश्यक रगतको अभाव भइरहेको हो ।

घाईतेहरुको उद्धारगरि अहिले जिल्ला अस्पताल, क्षेत्रिय अस्पताल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र नारायणी लगायतका अस्पतालहरुमा उपचारमा भइरहेको छ । घाईतेको संख्या चार सय भन्दा बढि रहेको र उद्धार जारि रहेकाले घाईतको संख्या अझै बढ्न सक्ने अस्पताल स्रोतले जनाएको छ ।

रगत अभावको खबर आएसंगै नेपाल रेडक्रस पर्सा, बारा लगायत स्थानिय समाजसेवी र युवाहरुको सकिृयतामा रगत दान कार्यक्रमको आयोजना र रगत दान गर्न आवह्वान समेत गरिएको छ । घाईतेहरुको संख्या सयौं भएकाले ठुलो परिणाममा रगत चाहिने भएकाले रगत संकलनका लागि स्थानिय रेडक्रस लगायत विभिन्न सामाजिक संघ संस्थाहरु लागि परेका छन ।

भिषण हावाहुरीसंगै आएको असिना पानीबाट बालबालका र बृद्धबृद्धा बढि प्रभावित रहेको प्रहरीको भनाई छ ।
हावाहुरीमा परी बारा र पर्सामा २५ जनाको मृत्यु भइसकेको छ ।

घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुख ब्यक्त गर्दै उपचार र उद्धार कार्यमा सबै लाग्न निर्देशन दिएका छन् । उनका अनुसार प्रभावित क्षेत्रमा उद्धारका लागि जाने भन्दै काठमाडौंको एयर बेसमा “नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। मौसममा सुधार हुने बित्तिकै काठमाडौंबाट उद्धार टोली त्यसतर्फ जानेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार