काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिन्दूहरुको महान पर्व बडादशैंको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै राष्ट्र निर्माणमा सबै एकजुट भएर लाग्न यस्ता पर्वहरुले प्रेरणा भन्दै कामना गरेका छन् । आज दशैको फूलपातीको अवसरमा एक शुभकामना सन्देश दिदैं उनले राष्ट्र निर्माणको सङ्कल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन अपिल समेत गरेका छन् ।
उनले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठुलो चुनौती रहेको पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्र निर्माणका लागि हरेक नेपालीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट नभएको बताए । नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न दृढतापूर्वक सबै एकजुट भएर अघि बढ्नैनु पर्नेमा उनले जोड पाि दिए ।
‘हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आएपनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ।
यस्तो छ शुभकामना सन्देश :