एनआरएन फुटको संघारमा, केसीविरुद्ध शर्माको नेतृत्वमा समानान्तर समिति घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) फुटको संघारमा पुगेको छ । काठमाडौंमा सम्पन्न संघको ११औँ महाधिवेशनको निर्वाचनमा लफडा भएपछि फुटको संघारमा पुग्दै छुट्टा छुट्टै दुई समुहले आ आफ्ना समिति घोषणा गरेका छन् ।

निर्वाचन धांधलीपुर्ण भएको भन्दै नतिजा अस्विकार गरेका राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा शनिवार छुट्टै समानान्तर समिति घोषणा भएको छ । शर्मा समुहले शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै समानान्तर समिति घोषणा गरेको हो ।
निर्वाचनमा धांधली गरेर बद्री केसी अध्यक्षमा निर्वाचित भएकाले उक्त नतिजा अस्विकार गरेको भन्दै शर्मा नेतृत्वमा छुट्टै समानान्तर समिति घोषणा गरिएको छ ।

शर्मा नेतृत्वको समानान्तर कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

महासचिवमा बुद्धी सागर सुवेदी,उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् ।

त्यस्तै संघको समानान्तर कमिटीको कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना रहेका छन् ।

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् ।

केसी समुहले पनि शनिवार निर्वाचित समितिलाई सपथ कार्यक्रम सम्पन्न गरेको छ ।
निर्वाचनमा भएको धाधलीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमतिको उलंघन गर्दै केसी समुहले शपथग्रहण कार्यक्रम राखेकाले आफुहरुले पनि समानान्तर समिति घोषणा गरेको शर्माको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार