दशैको टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस


काठमाडौं । नेपाल प्रहरीले वडादशैंको टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ । भोली टिकाको दिन उपत्यकाभरी सर्वसाधारणको सहजताका लागि प्रहरीले निशुल्क बस सेवा दिन लागेको हो ।

नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएअनुसार दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।

यस्तै टीका थाप्न जाने सर्वसाधारणलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने बताएको छ ।
दशैको बेला काठमाडौं उपत्यकामा सवारी साधन निकै कम मात्रामा चल्ने हुँदा सर्वसाधारणले हैरानी व्यहोर्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार