ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरीमा दरखास्त आव्हान गरेको छ। शुक्रबार महानगरले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वानको सूचना जारी गरेको हो ।
जारि सूचना अनुसार महानगरले ५० जनामा २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, २ दलित र थारु, मधेशी र पिछडिएको एक र एक जनाका लागि आवेदन आह्वान गरेको छ । यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिने महानगरले जनाएको छ । दर्खास्त दिएकालाई मंसिर ४ गते सम्पर्कमा बोलाइएको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ ।
नगर प्रहरीका लागि न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।
नगर प्रहरीमा दरखास्त आव्हानको जारि सूचना