बारामा प्रिन्सिपल सरार्फको गोली प्रहारबाट मृत्यु


बारा । बारामा गोली प्रहारबाट एक प्रिन्सिपलको मृत्यु भएको छ । आज दिउँसो एक बजेतीर मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिहरुले चलाएको गोली प्रहारबाट बारास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सरार्फ ९गुड्डु० को मृत्यु भएको हो । गोली प्रहारबाट गम्भिर घाइते सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । सर्राफको टाउको र छातिमा गोली लागेको थियो ।

मिठाई किनेर मोटरसाइकलमा विद्यालयतर्फजाँदै गरेका प्रिन्सिपलमाथि कलैया उपमहानगरपालिका— ६ मदर्शा टोलमा दुईवटा मोटरसाइकलमा आएका चार जनाको अज्ञात समुहले गोली चलाएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसंन्धान र गोली चलाउने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक काफ्ले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार