काठमाडौं । आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीमा परी ठुलो धनजनको क्षती भएपछि अहिले त्यहाँको अवस्था नाजुक छ । प्रभावितहरुले खान र राती ओत लाग्ने ठाँउसम्म नपाएको खबर आएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड आफै प्रभावित क्षेत्रमा जादैछन ।
मंगलबार बिहान ११ बजेको उठानमार्फत प्रचण्ड प्रभावित बारा र पर्साको निरीक्षणमा निस्किन लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डले सुरुमा पीडितको अवस्थाबारे बारा पुगेर जानकारी लिनेछन् भने त्यसपछि पर्साको प्रभावित क्षत्रमा जाने छन। प्रचण्डले पीडित परिवारसँग पछिल्लो अवस्थाबारे जानकारी लिनका साथै उनिहरुलाई राहत सामाग्री समेत वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जानाएको छ ।