काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुगेको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको थियो ।
भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको छ । अस्पताले केही घाइतेहरूलाई सुखेततर्फ रिफर गरेको छ ।