रविको पक्षमा माहोल बलियो, नेपाल आइडल–२ को ग्राण्ड फिनाले आज

रविले भने, “म नेपाल आइडल भइसके,

काठमाडौं । नेपालको सबैभन्दा ठुलो सिङगिङ् रियालटी सो नेपाल आइडलको ग्राण्ड फिनाले आज हुदैछ । आइडलका विभिन्न प्रतिस्पर्धाका चरणहरु पार गर्दै शुक्रबार साँझ नेपाल आइडल सिजन–२ को विजेता घोषणा हुदैछ ।

गत बिहिबार प्रतियोगीताको फाइनल एपिसोडमा चार जना प्रतियोगीले दिएको प्रस्तुतीमा दर्शकले दिएको भोटका आधारमा यसबर्षको नेपाल आइडल विजेता घोषणा गरिनेछ ।

फाइनल प्रतिस्पर्धामा धनगढीका रवि ओड, पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारीले आ–आफ्नो प्रस्तुती दिएका थिए ।

चारै जना प्रतियोगीलाई भोट गर्नका लागि शुक्रबार साँझ ५ बजेसम्मको समयअवधी राखिएको छ । नेपाल आइडलको ग्राण्ड फिनाले ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ् कलेजको मैदानमा साँझ ५ बजेपछि सुरु हुने आयोजक एपि वान टेलिभिजनले जनाएको छ ।
ग्राण्ड फिनालेको एपि वान टेलिभिजन, नेपाल आइडलको आधिकारीक युटुब र फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

नेपाल आइडल सिजन–१ को शिर्ष उपाधि गतबर्ष पोखराका बुद्ध लामाले जितेका थिए । भने आइडलको फष्ट रनरअप निसान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास भएका थिए । गत वर्ष फिनालेमा तीन जनालाई मात्रै थिए भने यसबर्ष चार जना छन ।
नेपाल आइडल सिजन–२ का विजेताले २२ लाख नगद, होन्डा डब्लूआर–भी कार, गीत रेकर्डिङका साथै देश विदेशका विभिन्न स्टेज कार्यक्रमको अवसर पाउनेछन ।

ग्रण्ड फिनाले प्रत्यक्ष हेर्नका लागि आयोजकले तीन किसिमका टिकट ई–सेवा मार्फत लिने सुविधा गरेको छ । टिकटहरु रु. ५००, १०००, १५०० र २००० हजारका दरले किन्न सकिनेछ ।

ग्राण्ड फिनालेका लागि रविको पक्षमा माहोल बलियो
शुक्रबार सम्पन्न हुन गइरहेको नेपाल आइडल सिजन– २ को ग्राण्ड फिनालेमा पुगेका चारैजना फरक– फरक क्षमताका छन् । तर, प्रतियोगीताभरि यि चारै जनाको प्रस्तुती र दर्शकले दिएको भोटका आधारमा भने धनगढीका रवि ओड आइडल विजेताका लागि बलियो दाबेदार हुन ।

गत बिहिबार चारैजनाले दिएको प्रस्तुती हेर्दा सबैको उत्कृष्ट भएपनि यसअघि रवि बाहेक अन्य प्रतिस्पर्धीलाई दर्शकले कमै मन पराएका थिए । तर, रविले दर्शकबाट सधै भोटमार्फत बलियो साथ पाउँदै आएका छन ।

ग्रण्ड फिनालेका लागि भोटिङ माहोल रविको पक्षमा बलियो देखिन्छ । उनि सिंगो सुदूरपश्चिमबाट एक्लो प्रतिस्पर्धी भएकाले पनि उनलाई सिंगो सुदूरपश्चिमेलीको भोट देश तथा विदेश सबैतिरबाट आइरहेको छ ।

रविलाई सुदूरपश्चिमेलीहरुले मात्रै नभएर सबै नेपालीहरुले उनको संघर्ष, परिश्रम, पारिवारीक अवस्था, र उनको प्रस्तुतीलाई मन पराएर देश विदेश सबैतिरबाट भोट गरिरहेका छन ।

विभिन्न सामाजिक संजालहरु र संचारमाध्यमहरुमा रविबारे भइरहेको चर्चाले पनि उनि नेपाल आइडल सिजन–२ को विजेता बन्ने सम्भावना बलियो देखिन्छ । आर्थिक अवस्था निकै कमजोर भएकाले रविलाई देश विदेशबाट भोटका लागि आर्थिक सहयोग पनि त्यत्तिकै आइरहेको छ ।

रविका बुवा परिवारको खर्च धान्नकै लागि अहिले पनि भारतमा चौकीदारी गरिरहेका छन । यता रविको कंचनपुरस्थित गुलरियामा रहेको घर परिवारको नाजुक अवस्थाबारे सबै जानकार भइसकेपछि उनिप्रती दर्शकको माया, साथ र सहयोग निकै बढेर गएको छ ।

नाजुक पारिवारीक अवस्थाकाबीच पनि रविले गीत संगीतमा गरेको मेहनत र संघर्षको कदर गर्दै अहिले उनलाई सम्पुर्ण नेपालीहरु भोट गर्दै जिताउने अभियानमा छन् ।

नेपाल आइडल सिजन–२ को ग्राण्ड फिनालेको अघिल्लो दिन बिहिबार मध्यराती १२ बजे रविले फेसवुक लाइभमार्फत आफ्ना शुभचिन्तक तथा सम्पुर्ण नेपाली दर्शकहरुलाई साथ र सहयोगको लागि धन्यवाद दिएका थिए ।

सम्पुर्ण नेपालीहरुले देश तथा विदेशबाट धेरै भन्दा धेरै माया दिइरहेकोप्रती निकै आभारी हुंदै रविले भनेका छन, “म नेपाल आइडल भइसके, ग्राण्ड फिनालेमा जे भएपनि मलाई हजुरहरुले नेपाल आइडल बनाइसक्नु भयो । यो माया, साथ र सहयोग नेपाल आइडल सकिए पछि पनि अझै दिइरहनु होला ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार