प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओबीच भेटवार्ता


काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गरेका छन् । उनले सोमबार बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्री छियाङसँगको छलफलका लागि २३ बुँदे छलफलका एजेण्डा तय गरेका छन् ।

यसअघि नेपालले गरेका सम्झौताको पुनरावलोक र नयाँ एजेण्डाका बारेमा छलफल हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार चिनियाँ जन कङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार