काठमाडौं । प्यालेस्टाइनसंगको युद्धका बिषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले फेरि शसक्त अभिव्यक्ती दिएका छन् ।
उनले हमासलाई नष्ट गर्न गाजामाथि थालेको भिषण आक्रमणबारे पछिल्लो अभिब्यक्ति दिएका हुन् । प्रधानमन्त्री बेन्जामिनले गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा लिनेगरी अल्पकालीन युद्धविरामकोसंभावना रहेको बताएका भन्दै पछिल्लो अभिब्यक्ती दिएका हुन् ।
गाजाको मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविरामको सम्भावना रहेको उनले बीबीसीसंग बताएका छन् ।
आतंककारी समुह हमासलाई नष्ट गर्नका लागि इजरायलले गाजामा स्थल, जल तथा हवाइ क्षेत्रबाट भीषण आक्रमण गरिरहेको अवस्थामा प्रधानमन्त्री बेन्जामिनले अल्पकालीन युद्धविराम हुनसक्ने भन्दै दिएको अभिब्यिक्तीबारे चर्चा भइरहेको छ । गाजामाथि भइरहेको अमानवीय घटनालाई रोक्नका लागि विश्वजतले इजरायललाई आग्रह गरिरहेको छ । तर, बेन्जामिनले गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा लिने पक्षमा इजरायल रहेको पनि बताएका छन् । उनको यो भनाईलाई पनि गम्भिर रुपमा लिइएको छ ।
हमासले सन् २००६ मा प्यालेस्टिनी संसदीय चुनाव जितेर गाजा क्षेत्रमा शासन गर्दै आएको छ ।
उसले इजरायलमा पछिल्लो ५० बर्ष यताकै शक्तीशाली आक्रमण गरी १४ सय जनाको ज्यान लिएपछि इजरायल शसक्त प्रतिकारमा उत्रिएको हो ।
इजरायलले हमासमाथि जवाफी कारवाही गर्दा गाजामा हालसम्म १० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
आतंककारी गतिविधि गरेर आफुमाथि जाइ लागेका कारण हमासको नामोनिसान मेट्ने भन्दै इजरायलले गाजामाथि भिषण आक्रमण जारि राखेको छ ।