आश्रम सञ्चालक आचार्यले दलितलाई राख्न मिल्दैन भन्दै निकालेपछि


मोरङ। मोरङको विराटनगरमा दलित भन्दै आश्रम संचालकले बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आफुलाई आश्रममा बस्न नदिएको भन्दै उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले प्रहरीमा उजुरी दिएकी हुन् । सुन्दासले पहिला आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएको र अन्तिम समयमा दलित भन्दै बाहिर निकालेको प्रहरी समक्ष वयान दिएकी छन् ।

उनले आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाउदै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। २०८० मङ्सिर १४ गते उर्लाबारी नगरपालिका वडा नं। ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्रममा बस्न आएको तर दलितहरुलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट निकालेको सुन्दासले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

पीडित सुन्दासले आश्रम संचालकलाई कानुनअनुसार कारवाही हुनुपर्ने माग गरेकी छन् । उक्त घटनाको दलित अधिकारकर्मीहरुले समेत विरोध गर्दै जातीय विभेद गर्ने आश्रम संचालकmाई कारवाही हुनुपर्ने माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार