धनुषा। धनुषामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य १ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीकाअनुसार मोटरसाइकलमा चढेका अर्का जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी भने गम्भीर घाइते छन् ।
उनको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल रेफर गरिएको छ ।
आज बिहान करिब ३ बजे जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भई दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।