१ करोड २५ लाख घुसकाण्डमा पूर्वरजिस्ट्रार पराजुली कार्यकक्षबाटै पक्राउ

पर्वत। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई पक्राउ गरिएको हो।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएपनि प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरीले पूर्व रजिस्ट्रार पराजुलीलाई उनि हाल पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् र उनलाई कार्यकक्षबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

गत कात्तिक ४ गते पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई १ करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएपछि पराजुलीमाथि प्रहरीले अनुसंन्धान सुरु गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार