काठमाडौं । डाक्टर गोविन्द केसी आँधी प्रभावित क्षेत्रमा पुगेका छन् । आँधीका कारण सबैभन्दा बढि प्रभावित बाराको फेटा गाउँपालिकामा स्वास्थ्य शिविर संचालन र राहात वितरणका लागि डा. केसीले त्यहाँ पुगेका हुन ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा कार्यरत डा.केसीले बाराको फेटास्थित पुरनियाँ गाउँमा स्वास्थ्य शिविर संचालनका साथै पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्ने बताएका छन । डाक्टर केसी सोमबार रात्रीबस चढेर एक्लै बारा हिँडेका थिए।
गत आइतबार साँझ आएको भिषण आँधीमा परी बारा र पर्सामा गरी २८ जनाको मृत्यु हुनका साथै सयौं घाईते भएक थिए ।