बालकुमारी घटनाबारे प्रधानमन्त्रीले भनेः मन्त्रीलाई पनि भित्रै जलाउनुपथ्र्यो, छोडेछन् भन्ने भाष्य के हो ?


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना समान्य नभएर गम्भिर भएको बताएका छन् । आज नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना सामान्य नभएर गम्भिर भएको बताए हुन् ।

उनले घटना बाहिर देखिएजस्तो नभए र ब्यवस्था विरोधीहरुको चलखेल हुन सक्नेमा आशंका ब्यक्त गरे। आन्दोलनका क्रममा मन्त्रीको गाडी जलाइएको बिषयमा बोल्दै उनले ‘मन्त्रीलाई पनि भित्रै जलाउनुपथ्र्यो, छोडेछन्’ भन्ने भाष्य के हो ? भन्दै प्रश्न समेत गरे ।

जुन अवस्था र परिवेशमा दुई युवाको हत्या गरिएको त्यो सानो कुरा नभएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले ईपीएसमा जे जस्ता गतिविधि भए र गाडी जलाउनेसम्मको गतिविधि भयो त्यो निकै गम्भिर रहेको उनको भनाई थियो । छ ।

युवाहरुका मुद्धाहरु जायज भएपनि त्यसको आन्दोलनलाई प्र्रयोग गर्दै लोकतन्त्र र गणतन्त्रविरोधी षडयन्त्र भएको र यसबारे गम्भिर अनुसंन्धान गरेर दोषीमाथि कारवाही गरिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । घटना गम्भिर रहेकाले त्यसको अनुसंन्धान र छानविनका लागि उच्चस्तरीय छानबिन आयोग बनाइएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार