काठमाडौँ । नेपाल सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति भएको छ । आज गृह मन्त्रालयमा सरकार र पीडित परिवारबीच ४ बुँदे सहमति भएको हो । चारबुँदे सहमतीमा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने र मृतकका परिवारले आजै शव बुझिलिने उल्लेख छ।
सरकारसंगको सहमतीअनुसार मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने छ । चार बुँदेसहमती भएपछि शव उठाउन पीडित परिवार सहमत भएका हुन् ।
पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका २३ वर्षीय वीरेन्द्र शाह र दैलेखका २१ वर्षीय सुजन राउतको प्रहरीको कारवाहीमा मृत्यु भएको थियो । सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गरिसकेकोछ । साथै परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने यसअघि नै निर्णय भइसकेको छ ।
सहमती पत्र
यो पनि पढौं