
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका छन् ।
आज रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्ड देशबाट १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका हुन् ।
उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि नेपालको १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका छन् ।
प्रचण्डले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको समेत बताए ।
नेपाल र भारतका उर्जा सचिवहरूले दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा प्रधानमन्त्री प्रचण्डले आज नै हस्ताक्षर गरेका थिए ।
















