ईपीएस परीक्षामा सहभागी नगराएको भन्दै काठमाडौंमा मन्त्रिको गाडी जलाइयो


काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै आक्रोषित प्रर्दशनकारीहरुले काठमाडौंमा मन्त्रिको गाडी जलाइदिएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी जलाइदिएका हुन् ।

प्रर्दशनकारीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा सवार मन्त्री व्जाला र उनका पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाइदिएका हुन् ।

गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली घटनास्थल पुगेर स्थितीलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए ।

प्रदर्शनकारीले सडक अबरुद्ध पार्दा बालकुमारी क्षेत्र अहिले तनावग्रस्त छ । सुरक्षाकर्मीको बाक्लो उपस्थित छ ।
कोरियामा जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा फेल भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार