रेशम चोधरी बने नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष, यस्तो छ टिम

कैलाली। थारु पहिचानवादी रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका छन् । नागरिक उन्मुक्ति पार्टीको कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महाधिवेशनले अध्यक्षमा रेशमसहित २५ सदस्यीय पदाधिकारी टिम समेत घोषणा गरेको छ ।

पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दमोदर पण्डितलाई निर्वाचित गराएको छ । यसतै सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष रतन बहादुर थापा, गण्डकी प्रदेशमा उपाध्यक्ष शिवकुमार वास्तोला, कर्णाली प्रदेशमा उपाध्यक्ष महेन्द्र पुन, कोशी प्रदेशमा उपाध्यक्ष इन्द्रकुमारी लिम्बु, मधेश प्रदेशमा उपाध्यक्ष रामकुमार महतो निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवको टुंगो नलागे पनि सातवटै प्रदेशका लागि सहमहासचिव निर्वाचित भएका छन् । यस्तै चार जना सचिव र ६ जना सहसचिव पदमा निर्विरोध चयन भएका छन् । कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी चयन भएकी छन् । पार्टीका दुई उपाध्यक्ष र महासचिवको भने टुंगो प्रयास भइरहेको नाउपाले जनाएको छ ।

निर्विरोध चयन भएका पदाधिकारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार