काठमाडौं । जनमत पार्टी खोलेर राष्ट्रिय राजनितीमा आएका डा. सीके राउतले प्रदेश २ सरकारको कडा आलोचना गरेका छन् । आँधी पीडितहरुको उद्धार र राहातका बिषयमा प्रदेश सरकार गम्भिर नभएको भन्दै उनले मुख्मन्त्रीको आलोचना गरेका हुन ।
फेसबुकमार्फत प्रदेश सरकारको आलोचना गर्दै सीकेले भनेका छन, “बाराको हावाहुरीमा अधिकांश मुस्लिम र दलित मारीदा कानमा तेल हालेर सुत्ने यही प्रदेश सरकार। मारिनेको सूची हेरौं। हुरीले बढी पीडित हर्दिया जस्ता दलित बस्तीमा कुनै भीआइपी र राहत पनि पुगेको छैन।”
डा.राउतले प्रदेश सरकार दलित र मुस्लिम विरोधी भएको आरोप समेत लगाएका छन् । उनले फेसबुक स्टाटसमा सात वटा बुँदाहरु मार्फत सरकारको आलोचना गर्दै आँधी पीडितलाई उचित राहात र ब्यवस्थापन गर्न आग्रह गरेका छन् । उनले प्रदेश सरकारले दलित र मुस्लिमको कोटा खोसेर अरुलाई दिने गरी प्रहरी ऐन ल्याएको भन्दै विरोध गरेका छन् ।
डा. राउतले आफ्नो अधिकार माग्दै दलितहरु प्रदेश सभा घेराऊ गर्न जाँदा प्रदेश सरकारले गरेको दमन गर्दै प्रदेश सरकारका मन्त्रीले दलितलाई अछूत ‘चमार’ भन्दै अपमान र गैरकानूनी काम गरेको बताए ।
डा. राउतको आलोचनापुर्ण स्टाटस हेरौं
#दलित र #मुस्लिम विरोधी प्रदेश सरकार – मुर्दावाद !► दलित र मुस्लिमको कोटा खोसेर अरुलाई दिने प्रदेश प्रहरी ऐन ल्याउने…
Gepostet von Dr. CK Raut am Mittwoch, 3. April 2019
CK Raut Speech