सरकार र पहिचान पक्षधरबिच कोशी प्रदेशको पुनः नामकरण गर्ने लगायत ५ बुँदे सहमति

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति भएको छ । आज भएको भएको दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने लगायत ५ बुँदे सहमती भएको वार्ता समितिका संयोजक एवम् कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए ।

सहमतीअनुसार पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुबै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले बताए ।

५ बुँदे सहमति पत्र पढौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार