काठमाडौं । ६४ बर्षपछि विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नापिदै छ । सगरमाथाको उचाइ नाप्न बुधबार बिहान विज्ञसहितको एक सरकारी टोली सगरमाथातर्फ गएको छ । सगरमाथाको उचाइ पुनह नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चारजनाको टोली सगरमाथा क्षेत्रतर्फ गएको उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए ।
यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो । अहिले ६४ बर्षपछि नेपाल आफैले सगरमाथाको उचाइ नाप्न लागेको हो । उचाइ नाप्न सगरमाथातर्फ गएको टोलीलाई विहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विदाई गरेका थिए ।