नेकपाका नेता नेपाल अस्पतालबाट घर फेर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएका छन् । स्वास्थ्यमा समस्या भएपछि आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका नेता नेपाल बुधबार स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका हुन् ।

उनी ज्वरो र खोकीले अस्वस्थ्य भएपछि आइताबार अस्पताल भर्ना भएका थिए । मौसम बदलिका साथै कार्यक्रमको दौडधुप बढी भएकाले उनलाई ज्वरोसंगै खोकी लागेको थियो । त्रिविका चिकित्सक डा. सन्तकुमार दास, डा. निरज बम र डा. सविन थपलियाको टोलीले नेता नेपालको उपचार गरेका थिए ।

स्वास्थ्यमा पूर्ण सुधारका लागि नेता नेपाललाई डाक्टरले आराम गर्न भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार